रास्वपा नेतृत्वको सरकार पूर्ण रूपमा असफल भयो : सीके राउत!
barnanmedia.com · Sun Sep 13 02:27:09 GMT 2026

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकार पूर्ण रूपमा असफल भइसकेको दाबी गरेका छन्। शनिबार जनकपुरमा अग्रगामी मोर्चाले आयोजना गरेको मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै राउतले सरकार हरेक दृष्टिकोणबाट असफल भएको आरोप लगाए।
विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने कुरा गरे पनि पछिल्लो चार महिनामा तीन लाख नेपाली विदेश गएको तथ्यलाई सरकारले ग'म्भीर रूपमा लिनुपर्ने उनको भनाइ थियो। स्वास्थ्य बीमा रोकिएको, सीमाबाट कृषि उपज ल्याउन रोक लगाइएको तथा सरकारको आलोचना गर्नेहरूलाई प'क्राउ गर्ने गरिएको भन्दै उनले सरकारको आ'लोचना गरे।
Read full story at source (barnanmedia.com)