भोटेकोशी बाढी : कति पुग्यो ज्यान गुमाउने र बेपत्ताको संख्या?
himalpress.com · Sun Sep 13 02:39:19 GMT 2026

काठमाडौँ- गत भदौ १० को भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३८४ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी चितवनमा ३६४ जनाको शव भेटिएको छ । त्यस्तै नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९ र रसुवामा १८५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको छ ।
प्रहरीका अनुसार फेला परेकामध्ये १ हजार २३० शवको पहिचान तथा प्रक्रिया पूरा गरी व्यवस्थापन गरिसकिएको छ । पहिचान नभएका शवहरूलाई डीएनए नमुना संकलन गरी सुरक्षित रूपमा माटोमुनि राखिएको छ ।
Read full story at source (himalpress.com)