चिनियाँ नाटक चियाघर र इतिहास बुझाइको सन्दर्भ
nepalviews.com · Sun Sep 13 02:45:44 GMT 2026

चियाघरको नाटकको पृष्ठभूमि
लाओ शे (Lao She, १८९९-१९६६) को चियाघर (The Teahouse) आधुनिक चिनियाँ नाटकको महत्त्वपूर्ण कृति हो। तीन अङ्कमा संरचित नाटकले करिब आधा शताब्दीको चिनियाँ सामाजिक तथा राजनीतिक परिवर्तनलाई समेटेको छ। नाटकको पहिलो अङ्क सन् १८९८ मा सय दिनको सुधार (Hundred Days’ Reform) को असफलता, दोस्रो अङ्क १९१८ (सन यात्सेनकालीन घटना) र तेस्रो अङ्क १९४८ तिरको चिनियाँ राजनीतिक तथा सामाजिक अस्थिरताको बारेमा केन्द्रित छ। यसरी नाटकका तीन अङ्कले छिङ (Qing) वंशको अन्तिम चरणदेखि गणतन्त्रातमक (Republican China) हुँदै १९४९ को जनवादी क्रान्ति पूर्व (Communist Revolution) अघिको अवस्थासम्मको इतिहासलाई समेट्छ।
Read full story at source (nepalviews.com)