बाढी र पहिरोका कारण देशभरका यी मुख्य राजमार्ग अवरुद्ध
canadanepal.com · Sun Sep 13 03:20:18 GMT 2026

काठमाडौं - बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सहायक सडकखण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरी र सडक विभागको विवरण अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धेरैजसो मुख्य सडकखण्डमा यातायात सेवा प्रभावित भएको हो।
बागमती प्रदेशका सडकहरू सबैभन्दा बढी प्रभावित बनेका छन्। काभ्रेस्थित बीपी राजमार्गको कुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै समयगत प्रतिबन्ध लगाइएको छ। जसअनुसार १० टनसम्मका मालवाहक सवारी साधनलाई रातिको समयमा मात्र सञ्चालन गर्न दिइएको छ भने मिनी तथा साना सार्वजनिक यात्रुवाहक सवारी साधनलाई तोकिएको समय तालिका अनुसार सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
Read full story at source (canadanepal.com)