पृथ्वी राजमार्गकाे शीतल बजार सडक खण्ड खोल्न नेपाली सेनाको काम धमाधम (तस्बिरहरू)
ratopati.com · Sun Sep 13 03:26:51 GMT 2026

धादिङ । रसुवा बाढीका कारण त्रिशूली नदीले सडक कटान गर्दा भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतल बजार सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सडक खोल्ने काम अघि बढाएको छ।
सडक भासिएको स्थानमा तत्काल पर्खाल निर्माण गरी सडक पुनः सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य पृतना अन्तर्गत कालीप्रसाद गणको इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अघि बढाइएको हो। सडकको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम गरिरहेको आयोजनाले जनाएको छ।
Read full story at source (ratopati.com)