सुर्खेतमा टिपरको ठक्करबाट युवकको मृत्यु
baahrakhari.com · Thu May 28 08:45:52 GMT 2026

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–२, कालपानीस्थित भित्री सडकखण्डमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २३ वर्षीय कमल वली छन् ।
बुधबार राति करिब ८ बजे कालपानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०६४७ नम्बरको टिपरले वलीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
Read full story at source (baahrakhari.com)