बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित
khabarhub.com · Sun Sep 13 03:26:00 GMT 2026

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर किसानले व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती सुरु गरेका छन् । बाँदरले क्षति नपुर्याउने र आम्दानी पनि मनग्ये हुने भएपछि यहाँका किसान खुर्सानी खेतीतर्फ आकर्षित भएका हुन् ।
तारुखोलामा करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा रोपिएका छन् । वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजनाअन्तर्गत केदारनाथ कृषि फार्ममार्फत व्यावसायिक खेती भइरहेको सञ्चालक दयाराम पाठकले जानकारी दिए । “गत फागुनमा लगाएको अकबरे खुर्सानीले उत्पादन दिन थालेको छ,” पाठकले भने, “उत्पादित खुर्सानीको माग बजारमा उच्च छ, पुर्याउनै धौ–धौ परेको छ ।”
Read full story at source (khabarhub.com)