केन्याको बोर्डिङ स्कुलमा आगलागी : १६ विद्यार्थीको मृत्यु, ७४ घाइते
nepalnews.com · Thu May 28 09:01:10 GMT 2026

नैरोबी। केन्याको राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिममा पर्ने गिलगिलस्थित एक बोर्डिङ स्कुलमा आगलागी भएको छ। आगलागीमा १६ विद्यार्थीको मृत्यु भएको छ। ७४ जना घाइते भएको बीबीसी ले समाचारमा उल्लेख गरेको छ।
घटनास्थलमा रहेका एक प्रहरी अधिकारीका अनुसार उक्त दुर्घटनामा घाइते भएका विद्यार्थीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केन्या रेडक्रस र प्रहरीका अनुसार ‘उतुमिसी गर्ल्स स्कुल’मा बिहीबार बिहान सबेरै विद्यार्थी सुतिरहेको समयमा आगलागी भएको हो।
Read full story at source (nepalnews.com)