मानवअधिकार आयोगको प्रतिवेदनबारे कांग्रेसले सरकारलाई भन्यो– के हो तपाईंहरुको धारणा ?
corporatenepal.com · Thu May 28 08:57:55 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय मानवअधिकार आयोगको पछिल्लो प्रतिवेदनबारे सरकारको धारणा माग गरेको छ । गत भदौ २३ र २४ को जेनजी आन्दोलनलाई घटनाबारे आयोगले अध्ययन गरेर सार्वजनिक गरेको प्रतिवेदनमाथि कांग्रेसले सरकारको धारणा माग गरेको हो ।
आज बसेको कांग्रेसको बैठकपछि सो पार्टीका प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गरी आयोगको प्रतिवेदनप्रति सरकारको धारणा माग गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय मानव अधिकार आयोगको सिफारिश बारे सरकारले आफ्नो जवाफदेहितालाई अंगीकार गर्दै आधिकारिक धारणा सार्वजनिक गर्नु पर्दछ ।’
Read full story at source (corporatenepal.com)