‘झिङ्गेदाउ २’ मेरो जीवनभर याद रहने चलचित्रमध्ये एक : आँचल
onlinekhabar.com · Sun Sep 13 03:50:30 GMT 2026

काठमाडौं । फिल्म ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ । पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र निर्माता उत्साहित देखिएका छन् । अभिनेत्री आँचल शर्मा यो फिल्मलाई लिएर पनि उत्साहित सुनिइन् । यो फिल्ममा पहिलो भागमा भन्दा मनोरञ्जन, रमाइलो र सन्देशका हिसाबले अझ समृद्ध रहेको दाबी गर्छिन् ।
आँचलका अनुसार पहिलो भाग दर्शकले मन पराइसकेकाले दोस्रो भागमा टिममाथि स्वाभाविक रूपमा दबाब रहेको बताउँछिन् । ‘झिङ्गेदाउ’ले बनाएको अपेक्षा पूरा गर्न सकिन्छ कि सकिँदैन भन्ने चिन्ता रहेपनि आफूहरू सफल हुने महसुस भइरहेको उनको भनाइ छ ।
Read full story at source (onlinekhabar.com)