‘गुम्बज’ प्रविधिले फेरिदैछ सरस्वतीको जीवन
gorkhapatraonline.com · Thu May 28 09:16:46 GMT 2026

राजपुर गाउँपालिका –५ बेला निवासी सरस्वती चौधरी दुई वर्षअघिसम्म घरपरिवारका लागि मात्रै सामान्य तरकारी खेती गर्नुहुन्थ्यो । तर, अहिले उहाँ व्यावसायिक तरकारी खेतीमार्फत सफल कृषकको रूपमा परिचित बन्नुभएको छ । ११ सदस्यीय परिवारको जिम्मेवारी सम्हाल्दै आउनुभएकी सरस्वतीले ६ कठ्ठा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।
तरकारी खेतीबाट घरखर्च कटाएर वार्षिक तीन लाखसम्म रुपियाँ आम्दानी गर्दै आउनुभएको छ । उहाँले करेला, लौका, बोडी, खुर्सानी, भेन्डी, खरबुजा, बन्दा, काउली र काँक्रा, खुर्सानीलगायतका तरकारी उत्पादन गर्दै आउनुभएको छ।
Read full story at source (gorkhapatraonline.com)