काँक्रेविहारमा कर्णालीको नजर, संरक्षणदेखि पर्यटन पूर्वाधारसम्म लगानी बढाउँदै
kalakarmi.com · Sun Sep 13 03:58:45 GMT 2026

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा रहेको काँक्रेविहार अहिले केवल पूजा–आराधना गर्ने धार्मिक स्थलको रुपमा नभई ऐतिहासिक महत्त्व बोकेको छ । घना वनको बिचमा उभिएको यसको ऐतिहासिक मन्दिर, ढुंगामा कुँदिएका कलात्मक संरचना र आसपासको प्राकृतिक वातावरणले कर्णालीको प्राचीन इतिहास, धार्मिक सहअस्तित्व र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोडेको छ ।
प्रदेश सरकारले काँक्रेविहारको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारलाई प्राथमिकता दिन थालेसँगै यो सम्पदा प्रदेश राजधानीको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास हुने सम्भावना बढेको छ । काँक्रेविहार पुग्ने जोकोहीले त्यहाँको धार्मिक वातावरणसँगै प्राचीन कला र वास्तुकलाको झल्को पाउन सक्छ । मन्दिर परिसरमा रहेका ढुंगाका मूर्ति, स्तम्भ, तोरण तथा विभिन्न कलात्मक आकृतिले तत्कालीन समाजको धार्मिक विश्वास, शिल्पकला र निर्माण प्रविधिको परिचय दिन्छन्। बौद्ध र हिन्दु धार्मिक परम्परासँग सम्बन्धित कलात्मक पक्षका कारण काँक्रेविहारलाई धार्मिक सहअस्तित्वको प्रतीकका रूपमा समेत हेर्ने गरिन्छ ।
Read full story at source (kalakarmi.com)