प्रभु महालक्ष्मी लाइफको १५ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा
arthasansar.com

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १५ लाख १४ हजार ९०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरीद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले अबको ३५ दिनभित्र नेपाल बीमा प्राधिकरणले तोके बमोजिमको ‘फिट एण्ड प्रपर टेस्ट’ को मापदण्ड पूरा हुने आवश्यक कागजात सहित निवेदन दिनु पर्नेछ ।
Read full story at source (arthasansar.com)