बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार
annapurnapost.com · Sun Sep 13 04:03:19 GMT 2026

कपिलवस्तु : बाणगंगा नदीमा आएको बाढीमा फसेका ११ महिला र एक पुरुषसहित १२ जनाको सकुशल उद्धार भएको छ। कपिलवस्तु नगरपालिका–६, बर्मेलीस्थित बाणगंगा नदीमा बाढी आएपछि उनीहरू नदीमा फसेका थिए। सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले शनिबार राति उनीहरूको उद्धार गरेको हो।
उद्धार गरिएका सबैलाई सुरक्षित स्थानमा ल्याइएको सशस्त्र प्रहरीका गोपाल अधिकारीले जानकारी दिए। उद्धार गरिएकामा ७० वर्षीया गोपी परियार, ७० वर्षीया किरली परियार, २४ वर्षीया कविता कुमाल, ३८ वर्षीया रामी वयम्बु, ३२ वर्षीया मिना वयम्बु र ४५ वर्षीया बेलमति सुनार छन्।
Read full story at source (annapurnapost.com)