इरान युद्धको रणनीतिक असर
nagariknews.nagariknetwork.com · Wed May 13 03:13:20 GMT 2026

अमेरिका–इजरायल र इरानबिचको युद्धले केवल पश्चिम एसियालाई अस्थिर बनाएको र ऊर्जा तथा अन्य वस्तुको मूल्य वृद्धि गराएको छैन, यसले विश्व अर्थतन्त्रलाई अव्यवस्थित बनाएको छ । यसले अमेरिकाका मित्रराष्ट्र र प्रतिद्वन्द्वी दुवैलाई एक अप्रत्याशित र अविश्वसनीय महाशक्तिसँग कसरी व्यवहार गर्ने भन्नेमा अन्योल सिर्जना गरेको छ । यसको परिणामस्वरूप अबको दशकमा विश्व शक्ति–सन्तुलन बदल्ने ऐतिहासिक भूराजनीतिक पुनर्संरचना सुरु भएको छ।
तत्कालीन र गहिरो हिसाबमा युद्धको सबैभन्दा बढी प्रभाव युद्ध भइरहेको क्षेत्रमा छ । यसले धेरै खाडी अरब राष्ट्रहरूलाई लामो समयदेखि आन्तरिक विवादले ग्रस्त रहेको ‘गल्फ कोपरेसन काउन्सिल’को उपादेयता उपयुक्त नरहेको निष्कर्षमा पुग्न सहयोग गरेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)