ट्रक दुर्घटनामा चालकको मृत्यु
nepalnews.com · Sun Sep 13 04:25:30 GMT 2026

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको मनहरि गाउँपालिका–६ बस्ने २६ वर्षीय अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना६ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते चालक थिङलाई प्रदेश अस्पताल दमौलीका चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। दुर्घटना लगत्तै प्रनाउ घिमिरेको नेतृत्वमा ११ जनाको टोली घटनास्थलमा पुगेको थियो।
Read full story at source (nepalnews.com)