मागपत्र प्रमाणीकरण झन्झटमुक्त बनाउन विदेशस्थित नेपाली नियोगहरूलाई निर्देशन
ratopati.com · Sun Sep 13 04:32:02 GMT 2026

काठमाडौँ। वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकबाट आउने श्रमिक मागपत्र प्रमाणीकरण प्रक्रियालाई छिटोछरितो र झन्झटमुक्त बनाउन सरकारले विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूलाई निर्देशन दिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार परराष्ट्र मन्त्रालयमार्फत सबै नेपाली कूटनीतिक नियोगहरूलाई पत्राचार गरेको छ । रोजगारदाता मुलुकबाट हुने माग प्रमाणीकरणका लागि आवश्यक थप कागजातको विवरण रोजगारदातालाई एकमुष्ट रूपमा उपलब्ध गराउन र कानुनले तोकेको समयसीमाभित्रै काम सम्पन्न गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
Read full story at source (ratopati.com)