कोरलानाकाबाट १५ दिनमै एक अर्ब ७८ करोड राजस्व संकलन
bishowkhabar.com · Sun Sep 13 04:39:14 GMT 2026

काठमाडौं– रसुवाको रसुवागढी–केरुङ र तातोपानी नाका बाढीपहिरोका कारण पूर्ण रूपमा बन्द भएपछि चीनसँगको उत्तरी कोरलानाकाबाट हुने मालवस्तुको आयात ह्वात्तै बढेको छ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले पछिल्लो १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि चीनबाट आउने मालवस्तुको आयात कोरलानाकातर्फ केन्द्रित भएको हो ।
Read full story at source (bishowkhabar.com)