एआई विकासको गति घटाउन एन्थ्रोपिक प्रमुख अमोडेईको प्रस्ताव, भने- ‘जोखिम नियन्त्रणका लागि समय चाहिन्छ’
ictsamachar.com

काठमाडौं । एआई कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले कृत्रिम बुद्धिमत्ता (एआई) मोडेलको विकास अहिलेको गतिमा अघि बढाउँदा त्यसबाट उत्पन्न हुन सक्ने जोखिम नियन्त्रण गर्न कठिन हुने बताएका छन् । उनले एआई विकासलाई पूर्ण रूपमा रोक्न नभई केही समयका लागि यसको गति घटाएर सुरक्षा उपाय बलियो बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।
शनिबार सार्वजनिक गरेको आफ्नो पत्र ‘वी मस्ट पेस द फ्रन्टियर’मार्फत अमोडेईले एआई विकासको दौड रोक्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन् । तर, एआईका क्षमता तीव्र गतिमा बढिरहेका कारण त्यसबाट आउन सक्ने गम्भीर जोखिमबारे तयारी गर्न कम्पनी र सरकारलाई पर्याप्त समय आवश्यक रहेको उनको भनाइ छ ।
Read full story at source (ictsamachar.com)