ट्रक दुर्घटनामा चालकको मृत्यु
gorkhapatraonline.com · Sun Sep 13 04:57:31 GMT 2026

तनहुँको व्यास नगरपालिका–१२ कमलबारी, गोल्लामा आइतबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौली जाँदै गरेको ना ६ ख ९४९७ नम्बरको ट्रक पृथ्वी राजमार्गमा अनियन्त्रित भई पल्टिँदा चालक मकवानपुरको मनहरी गाउँपालिका–६ का २६ वर्षीय अजय थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्ष टेकबहादुर कार्कीका अनुसार दुर्घटनामा गम्भीर घाइते थिङलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो । उपचारका क्रममा बिहान ९ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए । दुर्घटनामा ट्रकका सहचालक सामान्य घाइते भएका छन् ।
Read full story at source (gorkhapatraonline.com)