पृथ्वी राजमार्गको शीतलबजार सडक खोल्न ‘ब्लास्टिङ’ गर्दै सेना
kendrabindu.com · Sun Sep 13 05:04:25 GMT 2026

धादिङ । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतलबजार सडकखण्डमा नेपाली सेनाले ‘ब्लास्टिङ’ गरी बाटो खोल्ने काम अघि बढाएको छ ।
सडक भासिएको स्थानमा तत्काल पर्खाल निर्माण गरी बाटो पुनः सञ्चालन गर्न सम्भव नभएपछि सेनाको मध्य पृतनाअन्तर्गत कालीप्रसाद गणको इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अघि बढाइएको हो ।
Read full story at source (kendrabindu.com)