‘पार्वती’ हेरेपछि मदनकृष्णदेखि भीमार्जुन आचार्यसम्मको प्रशंसा: ‘नीताको अभिनय यस्तो होला भनेर सोचेको थिइनँ’
kalakarmi.com · Sun Sep 13 05:00:16 GMT 2026

काठमाडौं– अभिनेत्री तथा निर्देशक नीता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’ तेस्रो हप्तामा सफलतापूर्वक प्रदर्शन भइरहेको छ । अटिजम भएकी एक युवती र उनको परिवारले भोग्ने सामाजिक, पारिवारिक तथा भावनात्मक अवस्थालाई कथाको केन्द्रमा राखिएको यो फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
शनिवार यो फिल्म हेर्न पुगेका वरिष्ठ कलाकार, सञ्चारकर्मी, कानूनविद् तथा हास्य कलाकारहरूले समेत ‘पार्वती’ को कथावस्तु, निर्देशन तथा विशेषगरी नीता ढुङ्गानाको अभिनयको खुलेर प्रशंसा गरेका छन् । फिल्म हेरेपछि वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाको अभिनयको विशेष प्रशंसा गरे । अटिजम भएकी युवतीको चरित्र निर्वाह गरेकी नीतालाई पर्दामा आफूले वास्तविक नीताभन्दा फरक रूपमा अनुभव गरेको उनको भनाइ थियो ।
Read full story at source (kalakarmi.com)