बढ्यो सुनचाँदीको मूल्य
sutranews.com · Sun Sep 13 05:09:47 GMT 2026

काठमाडौं । नेपाली बजारमा आइतबार (भदौ २७) सुनचाँदीको मूल्य बढेको छ ।गत शुक्रबारको तुलनामा आइतबार (भदौ २८) छापावाल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै आइतबार छापावाल सुनको मूल्य ३ लाख २ हजार २०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाल सुनको मूल्य ४ हजार ८०० रुपैयाँले बढेर ३ लाख १ हजार रुपैयाँ थियो । यस्तै, आइतबार चाँदीको मूल्य ६० रुपैयाँले बढेर ४ हजार ६६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत शुक्रबार चाँदीको मूल्य २५५ रुपैयाँले घटेर ४ हजार ६०० रुपैयाँ थियो ।
Read full story at source (sutranews.com)