बाणगङ्गा नदीको बाढीमा फसेका १२ जनाको सकुशल उद्धार
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

काठमाडौँ । कपिलवस्तु नगरपालिका–७ (बर्मेली) स्थित बाणगङ्गा नदीमा शनिबार राति अचानक आएको बाढीमा फसेका १२ जना स्थानीय बासिन्दाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको संयुक्त सुरक्षा टोलीले ११ जना महिला र १ जना पुरुषको राति नै उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो। बाढीमा फसेकाहरूमा कपिलवस्तु–६ का ७० वर्षीया गोपी परियार, ७० वर्षीया किरली परियार, २४ वर्षीया कविता कुमाल, ३८ वर्षीया रामी वयम्बु, ३२ वर्षीया मीना वयम्बु, ४५ वर्षीया बेलमति सुनार, ४५ वर्षीया सुश्मा जिसी, १८ वर्षीया लालुमाया श्रेष्ठ, ३४ वर्षीया लक्ष्मी परियार, ४० वर्षीया बिना विक, २४ वर्षीया बिन्दा थापा र ३७ वर्षीय रेशम परियार रहेका छन्।
Read full story at source (hamrakura.com)