सेनामा उपरथी अनुपजंग थापालाई दोहोरो जिम्मेवारी
gorkhapatraonline.com · Sun Sep 13 05:12:49 GMT 2026

नेपाली सेनाका उपरथी अनुपजंग थापालाई नीति महानिर्देशनालयको महानिर्देशकको समेत जिम्मेवारी दिइएको छ । उहाँ नेपाली सेनाको शक्तिशाली मानिने युद्धकार्य महानिर्देशनालयका महानिर्देशकसमेत हुनुहुन्छ ।
थापालाई दोहोरो जिम्मेवारी दिइनुलाई आगामी प्रधानसेनापतिको दौडसँग जोडेर हेरिएको छ । उहाँलाई भावी प्रधानसेनापतिका रूपमा तयार पार्ने उद्देश्यले यो जिम्मेवारी दिइएको चर्चा सैनिक वृत्तमा छ ।
Read full story at source (gorkhapatraonline.com)