साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
ajakoartha.com · Sun Sep 13 05:10:00 GMT 2026

काठमाडौं- नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेर ३ लाख २ हजार २०० रुपैयाँ पुगेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो। यससँगै दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको हो।
Read full story at source (ajakoartha.com)