भोटेकोशी बाढीबाट क्षति पुगेको नबिल बैंकको टिमुरे शाखा धुन्चे शाखामा समायोजन
arthasansar.com · Sun Sep 13 05:19:22 GMT 2026

भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण क्षति पुगेको नबिल बैंक लिमिटेडको रसुवास्थित टिमुरे शाखा धुन्चे शाखामा समायोजन हुने भएको छ। बाढीले टिमुरे शाखा कार्यालय पूर्ण रूपमा बगाएको र निकट भविष्यमा समेत सोही स्थानमा शाखा सञ्चालन गर्न सकिने अवस्था नरहेकाले बैंकले उक्त निर्णय गरेको हो।
नबिल बैंकले जारी गरेको सूचना अनुसार बागमती प्रदेश, रसुवा जिल्लामा रहेको टिमुरे शाखाको कारोबार आउँदो १ असोज २०८३ देखि धुन्चे शाखाबाट सञ्चालनमा ल्याइनेछ। ग्राहकहरूलाई नियमित बैंकिङ सेवा सुविधा निरन्तर उपलब्ध गराउने उद्देश्यले शाखा समायोजन गरिएको बैंकले जनाएको छ। समायोजनपश्चात् धुन्चे शाखाबाटै पूर्ववत् सम्पूर्ण बैंकिङ सेवाहरू प्राप्त गर्न सकिने बैंक प्रशासनले स्पष्ट पारेको छ।
Read full story at source (arthasansar.com)