सगरमाथामा संघीय संसदको झण्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा
kalakarmi.com · Thu May 28 10:40:00 GMT 2026

काठमाडौं- प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा ग्याबु शेर्पाले नौं दिनमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर संघीय संसद सचिवालयको झण्डा फहराउँदै काठमाडौं फर्किएका छन् ।
बुधवार बिहान ५ः४० बजे उनले प्रतिनिधिसभाको झण्डासहित सगरमाथाको सफल आरोहण गरेका हुन् । यो उनको १०औँ सफल सगरमाथा आरोहण हो । सामाजिक सञ्जालमार्फत उनले ‘सदनदेखि शिखरसम्म’ अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘सदनदेखि शिखरसम्मको यात्रा ९औँ दिनमा बिहान ०५ः४० बजे सगरमाथा शिखरमा पुगेर सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदछु । यहाँसम्मको यात्रामा सहयोग, शुभकामना र हौसला प्रदान गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ।’
Read full story at source (kalakarmi.com)