सानीभेरीमा जीप दुर्घटना : दुईको मृत्यु, नौं जना घाइते
nepalnews.com · Sun Sep 13 05:22:44 GMT 2026

रुकुम पश्चिम। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ को देउता खोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आज बिहान वडा नं ६ को कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी–९ सिम्ली हुँदै खलङ्गातर्फ आउँदै गरेको लु१च ६०२९ नम्बरको जीप दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए। उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि घटनास्थलतर्फ गइरहेको उल्लेख गरे। उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन।
Read full story at source (nepalnews.com)