रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
bishowkhabar.com · Sun Sep 13 05:29:57 GMT 2026

काठमाडौं– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान कोटगाउँबाट सानीभेरी गाउँपालिका–९ सिम्ली हुँदै खलङ्गातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा जिप चालक र एक महिलाको मृत्यु भएको छ । मृतक दुवैको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)