पर्यटन प्रवर्द्धनमा प्रधानमन्त्री शाहको सक्रियता,अपी हिमालपछि मकालु बेस क्याम्पको भिडियो सार्वजनिक
arthasansar.com

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकबारे जानकारीसहितको एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्। शनिबार सार्वजनिक गरिएको उक्त भिडियोमार्फत उनले मकालु–बरुण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेका छन्।
प्रधानमन्त्री शाहले भिडियोमा मकालु बेस क्याम्प यात्राका लागि आवश्यक सबै विवरणहरू समावेश गरेका छन्, जसमा ट्रेकिङ मार्ग, प्राकृतिक सौन्दर्य र यात्राको अनुभव समेटिएको छ। साथै, उनले यस ट्रेकका लागि १७ दिनको विस्तृत यात्रा तालिका समेत प्रदान गरेका छन्।
Read full story at source (arthasansar.com)