एसियाली खेलकुद महिला छनोटको सेमिफाइनलमा नेपाल
himalpress.com · Thu May 28 10:55:22 GMT 2026
काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार विकेटले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो।
इन्डोनेसियाले पहिले ब्याटिङ गर्दै २० ओभरमा चार विकेट गुमाएर ११३ रन बनाएको थियो। नेपालले ११४ रनको लक्ष्य पछ्याउँदै तीन बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
Read full story at source (himalpress.com)