रमेश लेखकमाथि मानवअधिकार आयोगले कारबाही सिफारिस गरेकोबारे के भन्छ कांग्रेस ?
nepalpress.com · Thu May 28 10:50:55 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नको लागि रास्वपा सभापति रवि लामिछानेसहित सबैमाथि छानबिन हुनुपर्ने बताएकी छन्। संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।
रास्वपा सभापति रवि लामिछानेसहित रास्वपा सांसदहरू पनि मुछिएकोबारे उनले भनिन्, ‘यदि सत्य तथ्य हो भने कार्यान्वयनको लागि अगाडि बढाउनुपर्छ। सरकारले गर्छ गर्दैन त्यो उहाँहरूको कुरा हो। गरोस् भन्ने चाहन्छौँ। जतिपनि मुछिनुभएको छ, सबैलाई कानुनको दायरामा ल्याउनुपर्छ।’
Read full story at source (nepalpress.com)