डलासबाट जलवायु न्यायको आवाज राष्ट्रसंघ मुख्यालयसम्म पुर्याइँदै
ratopati.com · Sun Sep 13 05:35:48 GMT 2026

अमेरिका । नेपालमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झना तथा बेपत्ताहरूको सकुशलताको कामना गर्दै अमेरिकाको डलासमा गरिएको श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रमले नेपालको जलवायु न्यायको आवाज संयुक्त राष्ट्रसंघ मुख्यालयसम्म पुर्याउने भएको छ ।
डलासको रोनाल्ड किर्क पेडेस्ट्रियन ब्रिजमा भिजिट नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाली समुदाय, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपालप्रेमीहरूको सहभागिता थियो । कार्यक्रममा दीप प्रज्वलन गरी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो भने बेपत्ताहरूको सकुशलताको कामना गर्दै सामूहिक प्रार्थना गरिएको थियो ।
Read full story at source (ratopati.com)