पार्टी एकताका लागि जसपा नेपालले गठन गर्यो वार्ता समिति
ratopati.com · Thu May 28 11:01:35 GMT 2026

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले विभिन्न दलसँग एकता तथा सहकार्यका लागि वार्ता गर्न समिति गठन गरेको छ । वार्ताका लागि पार्टी केन्द्रीय समितिका सदस्य रकम चेम्जोङ, रेणु यादव र डा.सुरेन्द्रकुमार झालाई जिम्मेवारी दिइएको हो ।
हालै जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबिच एकता सम्पन्न भइसकेको छ । दुई पार्टीबिच समायोजन प्रक्रिया पनि अगाडि बढिसकेको छ । सो पार्टीले समायोजनका लागि विभिन्न कार्यदल गठन गरेको तथा अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ ।
Read full story at source (ratopati.com)