फसेका १२ जनाको सकुशल उद्धार
bishowkhabar.com · Sun Sep 13 05:48:42 GMT 2026

कपिलवस्तु– कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित बाणगङ्गा नदीमा आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
शनिबार राति नदीमा पानीको बहाव अचानक बढेपछि फसेका ११ महिला र एक पुरुषलाई सशस्त्र प्रहरी बल, नेपाल नं। २८ गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो।
Read full story at source (bishowkhabar.com)