‘मन बिनाको धन–२’बाट हटेका हुन् अशोक ?
ratopati.com · Sun Sep 13 05:55:00 GMT 2026

काठमाडौँ । गायक तथा अभिनेता अशोक दर्जी अभिनीत हिट फिल्म हो ‘मन बिनाको धन’ । यही फिल्मको सिक्वेलको रूपमा अहिले ‘मन बिनाको धन–२’ निर्माण भइरहेको छ । टंक बुढाथोकीको निर्देशन रहेको फिल्मको छायाङ्कन अन्तिम चरणमा पुगेको छ । छायाङ्कन अन्तिम चरणमा पुग्दा पनि फिल्मको सुटिङ सेटमा अशोक दर्जी देखिएका छैनन् । फिल्मको घोषणा समय अशोकको अभिनय रहने बताइएको थियो ।
सुटिङ सेटमा अशोक नदेखिनुको कारण फिल्मको सिक्वेलमा उनी नरहने चर्चा चल्न थालेको छ । यस विषयमा निर्देशक बुढाथोकीले भने अहिले केही नबोल्ने बताए । फिल्ममा अभिनय रहने नरहने भन्ने विषयमा बुझ्न खोज्दा अशोकसँग सम्पर्क हुन सकेन ।
Read full story at source (ratopati.com)