समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
nepalnews.com · Sun Sep 13 06:02:17 GMT 2026

ललितपुर। देशको राजधानी काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मालवाहक सवारीसाधन (ट्रक र कन्टेनर) को चाप यतिबेला कान्ति लोकपथमा छ। हेटौंडाबाट मालवाहक र यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने र काठमाडौंबाट खाली सवारीसाधन कान्ति लोकपथ हुँदै हेटौंडा पुग्ने व्यवस्था गरिएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि पृथ्वी राजमार्गको काठमाडौं–मुग्लिन सडक पूर्णरुपमा अवरुद्ध छ। वैकल्पिक ‘ट्रयाक’ खुले पनि सञ्चालन र यातायात सहज बन्न अझै समय लाग्ने देखिन्छ। यो संकटको सारथि कान्ति लोकपथ बनेको छ।
Read full story at source (nepalnews.com)