रविलाई जन्मदिनको शुभकामना दिँदै सोविताले भनिन् : साहस बोकेको मान्छेको जीवन उत्सव मनाउने दिन
nagariknews.nagariknetwork.com · Sun Sep 13 05:56:46 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जन्मदिनमा शुभकामना दिएकी छन्।
गौतमले सामाजिक सञ्जालमार्फत लामिछानेलाई जन्मदिनको शुभकामना दिँदै उनको पत्रकारितादेखि राजनीतिक यात्रासम्मको स्मरण गरिन्। उनले सामान्य नागरिकको बेचैनीबाट असामान्य राजनीतिक यात्रा सुरु गर्ने साहस सबैसँग नहुने उल्लेख गरेकी छन्। स्थापित शक्तिहरू बलियो रहेको समयमा युवा पत्रकारका रूपमा लामिछानेले आजित नागरिक र दुःखी मनहरूको आवाज राज्यसामु पुर्याउँदै जवाफदेहिताको खोजी गरेको गौतमको भनाइ छ।
Read full story at source (nagariknews.nagariknetwork.com)