अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा
gorkhapatraonline.com · Sun Sep 13 05:58:09 GMT 2026
अफ्रिकामा पहिलो पटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन सुरु भएसँगै शनिबार सेनेगलको राजधानी डाकारमा ओलम्पिक ज्योतिको भव्य स्वागत गरिएको छ ।
डाकारस्थित ‘प्लेस डु सुभेनिर अफ्रिकन’मा सयौँ मानिस भेला भएका थिए । सङ्गीत र नृत्यसहित आयोजित समारोहमा सेनेगलका सय प्रभावशाली महिलाले ओलम्पिक ज्योति बोकेर र्याली निकाले । उनीहरूलाई वोलोफ भाषामा रानी वा राजपरिवारका महिलालाई जनाउने शब्द ‘लिन्गीर’ भनिएको थियो । अक्टोबर ३१ देखि नोभेम्बर १३ सम्म हुने प्रतियोगितामा करिब दुई हजार ७०० युवा खेलाडीले डाकार तथा नजिकका डियाम्नियाडियो र सालीमा ३५ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
Read full story at source (gorkhapatraonline.com)