घाइते वृद्धलाई अस्पताल लैजानुको सट्टा सिटी सफारी चालकले सडकमै छाडेर भागेपछि…
kendrabindu.com · Sun Sep 13 06:08:20 GMT 2026

विराटनगर । दुर्घटनामा गम्भीर घाइते भएका एक वृद्धलाई अस्पताल पुर्याउनुको सट्टा सडकमा छाडेर फरार भएका सिटी सफारी चालक पक्राउ परेका छन्। घाइते अवस्थामा सिटी सफारीमा राखेर अस्पताल लैजाने भन्दै लगेका ८२ वर्षीय तीर्थराज बस्नेतलाई चालकले केही पर सडकमा छाडेको र त्यसको केही समयपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार बिहान विराटनगर महानगरपालिका–९ स्थित ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर–८ निवासी बस्नेतलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतलाई स्थानीयले उद्धार गरी उपचारका लागि सोही सिटी सफारीमा राखेर पठाएका थिए।
Read full story at source (kendrabindu.com)