माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
onlinekhabar.com · Sun Sep 13 06:10:54 GMT 2026

२८ भदौ, काठमाडौं । माछापुच्छ्रे बैंकले सेयरधनीलाई ६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । शुक्रबार अपरान्ह बसेको सञ्चालक समितिको ५६४ औं बैठकले आफ्ना सेयरधनीलाई चूक्ता पूँजीको ६ प्रतिशत (कर सहित) लाभांश घोषणा गरेको हो ।
जसमा ३ प्रतिशत बोनस सेयर तथा ३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्विकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने जनाएको छ ।
Read full story at source (onlinekhabar.com)