इन्डोनेसियाको जाभा सागरमा २४० जना सवार यात्रुवाहक पानीजहाज सम्पर्कविहीन, खोजी कार्य तीव्र
clickmandu.com · Sun Sep 13 06:12:07 GMT 2026

एजेन्सी । जाभा सागरमा २४० जना सवार एउटा यात्रुवाहक पानीजहाज सम्पर्कविहीन भएको छ । जहाजको खोजीका लागि इन्डोनेसियाली टोलीहरू तीव्र रूपमा जुटेका छन् ।
इन्डोनेसियाको बन्जारमासिन खोज तथा उद्धार कार्यालयलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले जनाएअनुसार, ‘भर्गो ट्रान्सपोर्ट ८’ नामक जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुको बन्जारमासिनतर्फ जाँदै गर्दा जहाजसँगको सञ्चार सम्पर्क विच्छेद भएको थियो ।
Read full story at source (clickmandu.com)