अफ्रिकामा पहिलो पटक युथ ओलम्पिक गेम्स आयोजना हुँदै, ओलम्पिक ज्योति सेनेगलमा
ratopati.com · Sun Sep 13 06:17:01 GMT 2026
सेनेगल । अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन सुरु भएसँगै शनिबार सेनेगलको राजधानी डाकारमा ओलम्पिक ज्योतिको भव्य स्वागत गरिएको छ ।
डाकारस्थित ‘प्लेस डु सुभेनिर अफ्रिकन’मा सयौँ मानिस भेला भएका थिए । सङ्गीत र नृत्यसहित आयोजित समारोहमा सेनेगलका सय प्रभावशाली महिलाले ओलम्पिक ज्योति बोकेर र्याली निकाले । उनीहरूलाई वोलोफ भाषामा रानी वा राजपरिवारका महिलालाई जनाउने शब्द ‘लिन्गीर’ भनिएको थियो ।
Read full story at source (ratopati.com)