डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेसेडरमा दिव्या निरन्तर
nepalpress.com · Thu May 28 11:48:37 GMT 2026

काठमाडौं । डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बेसेडर सहकार्यलाई निरन्तरता दिएको छ । कम्पनी र रायमाझीबीच आज डिशहोमको कपोरेट कार्यालय, भैँसेपाटीमा ब्रान्ड एम्बेसेडर सम्झौता नवीकरण सम्पन्न भएको हो ।
सम्झौतामा डिशहोमको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोख्रेल तथा अभिनेत्री दिव्या रायमाझीले हस्ताक्षर गरेका हुन् । डिशहोम इन्टरनेटले डिजिटल कनेक्टिभिटी, युवा पुस्तासँगको भावनात्मक सम्बन्ध तथा आधुनिक डिजिटल जीवनशैलीलाई प्राथमिकतामा राख्दै आफ्नो ब्रान्ड यात्रालाई निरन्तर अघि बढाइरहेको जनाएको छ ।
Read full story at source (nepalpress.com)