चोभारमा जोखिम छ, सुरुङ बनाऔँ : मदनकृष्ण श्रेष्ठ
baahrakhari.com · Sun Sep 13 06:29:07 GMT 2026

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौंमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन् । चोभारको निकास साँघुरो भएकाले त्यहाँ कुनै समस्या आए काठमाडौंमा ठूलो विपत्ति निम्तन सक्ने भन्दै उनले वैकल्पिक रूपमा सुरुङ निर्माण गर्न सकिने उपायबारे सोच्न महानगरपालिकालाई सुझाव दिएका हुन् ।
आइतबार (भदौ २८) काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा उनले यहाँ विभिन्न दिशाबाट आउने पानी एउटै निकासमार्फत चोभारतर्फ जाने भएकाले त्यसको क्षमता बढाउनुपर्ने औँल्याए । चोभारको निकासको चौडाइ र गहिराइ पर्याप्त नभएको भन्दै उनले त्यहाँ क्षति पुगेमा त्यसको परिणाम भयावह हुन सक्ने बताए ।
Read full story at source (baahrakhari.com)