कोरला नाकाबाट नेपाल भित्रियो चिनियाँ मिनी ट्रेलर
bishowkhabar.com · Sun Sep 13 06:39:29 GMT 2026

काठमाडौं– नेपाल–चीन सीमामा रहेको कोरला नाका हुँदै गाडी तान्ने चिनियाँ मिनी ट्रेलर नेपाल भित्रिएको छ। उक्त ट्रेलर हाल मुस्ताङ भन्सार कार्यालयको यार्ड न्हेचुङमा जाँचपासका लागि पार्किङ गरिएको छ ।
भन्सार कार्यालयका अनुसार उक्त चिनियाँ मिनी ट्रेलरले ५० टन क्षमतासम्मका गाडी तान्न सक्ने क्षमता राख्छ । कोरला नाका हुँदै नेपाल भित्रिएको यो ट्रेलरको आवश्यक प्रक्रिया पूरा गरी जाँचपास गरिने भन्सार कार्यालयले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)