निर्माण क्षेत्रको संकट समाधान गर्न सरकारसँग चेम्बरको आग्रह
corporatenepal.com · Thu May 28 11:52:36 GMT 2026

काठमाडौं । निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण निर्माण व्यवसायीहरू गम्भीर समस्यामा परेको भन्दै नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ ।
चेम्बरले विहीबार जारी गरेको प्रेस विज्ञप्तिमा मध्यपूर्व युद्धको प्रभावले निर्माण सामग्री, डिजेल तथा ढुवानी खर्चमा भएको निरन्तर मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरू आर्थिक संकटमा परेको उल्लेख गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालद्धारा हस्ताक्षरित विज्ञप्तीमा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भएको मूल्य समायोजनको प्रावधान प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा समस्या झन् बढेको चेम्बरले जनाएको छ ।
Read full story at source (corporatenepal.com)