प्रश्न गर्ने पुस्ता र सहन नसक्ने सत्ता- मानव अधिकार आयोगले देखाएको नेपालको अस्थिर यथार्थ
nepalpress.com · Thu May 28 11:57:15 GMT 2026

नेपालको राजनीतिक इतिहासमा धेरै आन्दोलनहरू भए। धेरै नाराहरू उठे। धेरै क्रान्तिहरू भए। जनता पटक-पटक सडकमा उत्रिए। कसैले राणा शासन अन्त्य गर्न रगत बगाए, कसैले पञ्चायत ढाल्न जेल भोगे, कसैले लोकतन्त्र पुनःस्थापनाका लागि आफ्नो जीवन नै अर्पण गरे।
प्रत्येक आन्दोलनपछि नेपाली जनताले सोचे— अब देश बदलिन्छ, अब राज्य नागरिकप्रति उत्तरदायी बन्छ, अब नागरिकको आवाज सुन्ने संस्कार विकास हुन्छ, अब अभिव्यक्ति स्वतन्त्रतामाथि गोली चल्दैन। तर इतिहासले बारम्बार एउटा पीडादायी यथार्थ दोहोर्याइरह्यो— सत्ता फेरियो, अनुहार फेरिए, झन्डा फेरिए, भाषण फेरिए, तर राज्यको मानसिकता धेरै हदसम्म उस्तै रह्यो।
Read full story at source (nepalpress.com)