सानीभेरी जिप दुर्घटना अपडेट: मृतक दुवै जनाको सनाखत, गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार
kendrabindu.com · Sun Sep 13 06:52:19 GMT 2026

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोला नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेमा जिप चालक त्रिवेणी गाउँपालिका–१ रुघाका सुन्दर खड्का मगर र सानीभेरी–६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुन रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ। थप दुई जना घाइतेलाई उद्धार गर्न पनि हेलिकप्टर आउँदै गरेको प्रहरीले जनाएको छ।
Read full story at source (kendrabindu.com)